Thursday, May 02, 2024

-->

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली भइ कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौँ– आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक/दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ। यस्तै, अहिले कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। 

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएकाे छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। 

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव पनि नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री