Thursday, May 02, 2024

-->

आज देशभरका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

मनसुन सक्रिय भएसँगै भारतको उत्तर, मध्यप्रदेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा परेको छ।

आज देशभरका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैँ– आज देशभरका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

माैसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुन सक्रिय भएसँगै भारतको उत्तर, मध्यप्रदेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा परेको हाे। यसका कारण कोशी, बागमती, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ। अन्य क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा भारी वर्षा हुने महाशाखाले जनाएकाे छ।

राति देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


सम्बन्धित सामग्री