Friday, May 03, 2024

-->

कस्तो रहनेछ बुधबारको मौसम?

देशभर आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कस्तो रहनेछ बुधबारको मौसम

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। 

जसको कारण देशभर आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थान र देशका बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। 

राति कोशी, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री