Thursday, May 16, 2024

-->

विश्वकप खेल्ने नेपाली क्रिकेट टोली घोषणा

तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आईसीसी टी–२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ।

विश्वकप खेल्ने नेपाली क्रिकेट टोली घोषणा

काठमाडौँ– तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आईसीसी टी–२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ। 

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने टी–२० विश्वकपका लागि  नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय अन्तिम टोली घोषणा गरेको हो।

टी–२० विश्वकपकमा नेपाल रहेको समूह 'डी' मा दक्षिण अफ्रिका, बांग्लादेश, श्रीलंका र नेदरल्यान्ड्स छन्। नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ भने अर्को खेल १२ जुनमा श्रीलंकासँग खेल्नेछ। १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा नेपालले बांग्लादेशसँग खेल्नेछ।

नेपाली टोली:
रोहित पाैडेल, आसिफ सेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी।


सम्बन्धित सामग्री