Wednesday, May 01, 2024

-->

वडाध्यक्षको मृत्युमा गाउँपालिकाले दियो शोक बिदा

रुन्टीगढी गाउँपालिका–४ का वडाध्यक्ष टंकबहादुर पुनको बुधबार ‘स्क्रब टाइफस’का कारण मृत्यु भएको थियो।

वडाध्यक्षको मृत्युमा गाउँपालिकाले दियो शोक बिदा
फाइल तस्वीर

रोल्पा– रुन्टीगढी गाउँपालिकाले बिहीबार शोक बिदा दिएको छ।

४ नं वडाका अध्यक्ष टंकबहादुर पुनको शोकमा गाउँपालिकाले बिदा दिएको हो। वडाध्यक्ष पुनको बुधबार ‘स्क्रब टाइफस’का कारण मृत्यु भएको थियो।

दाङस्थित राप्ती विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

४१ वर्षीय पुन गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए। 


सम्बन्धित सामग्री