Thursday, May 02, 2024

-->

थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स

धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल सञ्चालनको अनुमति दिएको छ।

थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) सञ्चालनको अनुमति(लाइसेन्स) दिएको छ।

जेबीएन एल सेक्युरिटिज, आर वीवी सेक्युरिटिज कम्पनी, सीवीआई एल सेक्यूरिटिजलाई ब्रोकरको लाइसेन्स दिएको हो। 

साउन २४ गते बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले सीमित कार्य गर्ने तीन वटा ब्रोकर कम्पनीलाई लाइसेन्सको अनुमति दिएको हो।

ब्रोकर सञ्चालनका लागि आवेदन दिएका ४३ कम्पनीलाई बोर्डले पूर्वस्वीकृति दिएकोमा ३२ वटा कम्पनीले लाइसेन्स पाएका छन्।


सम्बन्धित सामग्री