Thursday, May 02, 2024

-->

धितोपत्र बोर्डले दियो थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स

नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर सञ्चालन अनुमति दिएको छ।

धितोपत्र बोर्डले दियो थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर सञ्चालन अनुमति दिएको छ।

बोर्डले मिल्की वे शेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाशभैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट प्रालि, एसपिएसए सेक्युरिटिज लि, एनएमबी सेक्युरिटिज, सानिमा सेक्युरिटिजलाई अनुमति दिएको हो।

यस्तै, स्टक्स्कार्टस् सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिजले पनि ब्रोकर सञ्चालनको लाइसेन्स पाएको बोर्डले जनाएको छ। बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति दिएको हो।

यसअघि बोर्डले सातवटा कम्पनीलाई लाइसेन्स दिएको थियो। पहिलो चरणमा लाइसेन्स पाउनेमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज,  सन सेक्युरिटिज, मियो सेक्युरिटिज, शेयरप्रो सेक्युरिटीज र प्रापर्टी विजार्ड रहेका छन्।


सम्बन्धित सामग्री