Thursday, May 02, 2024

-->

शुक्रबार यी प्रदेशमा हुँदैछ भारी वर्षा

कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

शुक्रबार यी प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौँ– हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ।

पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

यस्तै, लुम्बिनी, गण्डकी र बागमतीका तराई भूभाग र मधेश प्रदेशमा हावाहुरीसमेत चल्ने सम्भावना छ। राति, सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी र  मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीसमेत चल्नेछ। महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री