Thursday, May 02, 2024

-->

कस्तो छ बुधबारको मौसम?

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

कस्तो छ बुधबारको मौसम

काठमाडौँ– नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, कोशी र बागमतीका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। 

यसैगरी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। राति देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बागमती र गण्डकीमा राति पनि मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले‍ जनाएको छ।


सम्बन्धित सामग्री