Friday, May 03, 2024

-->

मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो, देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र  कर्णाली प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थान भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री