Friday, May 03, 2024

-->

नेप्से २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा सीमित

मंगलबारको कारोबारमा नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ को बिन्दुमा कायम भएको हो।

नेप्से २८५९ अंकले घटेर २०७७५८ बिन्दुमा सीमित

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ। मंगलबारको कारोबारमा नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ को बिन्दुमा कायम भएको हो।

नेप्सेका अनुसार मंगलबार विभिन्न २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार ८३७ पटक खरिदबिक्री हुँदा एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार ९०० बराबरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक ०.०५ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक २७४.६४ र जीवन बीमा समूहको उपसूचक २२२.५३ अंकले घटको छ।

बैंकिङ समूह १२.२३, विकास बैंक ७६.२५, वित्त ४५.०९, होटल तथा पर्यटन १२३, जलविद्युत् २९.९६, लगानी ०.७१ र उत्पादन तथा प्रशोधन समूह ७६.७७ अंकले घटेको छ। 

त्यस्तै, लघुवित्त ५४.०९, व्यापार ४४.८३ र अन्य समूह १५.१९ अंकले घटेको छ। मंगलबारको कारोबारबाट सुपरमादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.६० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६.५४ प्रतिशतले घटेको छ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको मंगलबार सबैभन्दा धेरै आठ करोड ७४ लाख तीन हजार ८८५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको चार लाख चार हजार ९५० कित्ता शेयर किनबेच भएको छ।


सम्बन्धित सामग्री