सबै नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश जाने भएकाले त्यस्ता लेख, रचना सम्प्रेषित नगर्न साहित्यकारहरूलाई एमाले अध्यक्ष ओलीले आग्रह गरेका छन्।
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेता बिग्रिए भन्नु गलत हुने बताएका छन्।
अध्यक्ष ओलीले सबै नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश जाने भएकाले त्यस्ता खालका लेख, रचना सम्प्रेषित नगर्न साहित्यकारहरूलाई आग्रह गरे। उनले अरस्तुले कान्छी श्रीमतीको मात्रै दाँत गनेर महिलाहरूको दाँत २८ हुन्छ भनेजस्तै हाम्रा स्रष्टाहरूले पनि सबै नेताहरूलाई बिग्रिएको भन्नु उस्तै हुने टिप्पणी गरे।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘युगदूत’ नामक पुस्तक विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले साहित्यकार वासुदेव अधिकारीद्वारा लिखित ‘सबै नेता बिग्रिए’ शीर्षक कविताको रचनालाई उद्धृत गर्दै सो कुरा बताएका हुन्।
उनले स्रष्टाहरूलाई कतिपय नेताहरू बिग्रिएको कुरा सत्य भएकाले त्यस्ता तथ्यलाई आत्मसात् गरेर साहित्यिक सिर्जना गर्न सुझावसमेत दिए। तर सबै नेताहरू बिग्रिएको भन्न नमिल्ने उनको तर्क थियो।
“कतिपय नेता बिग्रिए भन्नुपर्यो क्या। बिग्रिनेहरूले अरू पनि मजस्तै हुन भनेर कराए। त्यो होला। तर सबै नेता बिग्रिएका होइनन्। त्यसकारण म के आग्रह गर्छु भने हामीले दिशा निर्देश गर्ने खालका यस्ता रचनाहरू जो हाम्रो परम्परा हो– बुद्धको भनाइ पनि के छ भने मैले भनेका कुरा पहिलो तथ्यहरूसँग भिडाएर हेर, अनि पत्याऊ– तथ्य कुरा, सही कुराहरू प्रभावकारी ढंगले पस्किनु पर्दछ,” उनले भने।
अध्यक्ष ओलीले राजनीतिमा जे पनि हुन्छ भन्न नमिल्ने बताए। राजनीति सबै नीतिहरूको पनि मूल नीति भएकाले यसमा ढाँटछल, धोका आदि हुनै नहुने उनको तर्क थियो। “राजनीति नीतिहरूको मूल नीति हो। यो सबै नीतिहरूको मुहान भएको हुनाले मुहानलाई धमिलो बनाउनु हुँदैन,” उनले भने।
त्यस अवसरमा ओलीले नेपालले सामाजिक न्याय र समानताको क्षेत्रमा विकसित देशहरूले भन्दा बढी प्रगति गरेको दाबी गरे। महिलाहरूले ३३ प्रतिशतको सहभागिता जनाउने कुराको दृष्टान्त दिँदै उनले सो कुरा बताएका हुन्। अध्यक्ष ओलीले सुन्दर भविष्यतर्फ मुलुक अघि बढिरहेको उल्लेख गर्दै त्यसका लागि तीव्र गतिका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
