Wednesday, May 15, 2024

-->

कर्मचारीको सरुवा स्वचालित प्रणालीमा हुनुपर्छ: मन्त्री ज्वाला

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पुरस्कृत र दण्डित गर्ने प्रवृत्तिका रूपमा देखिएको निजामती कर्मचारीको सरुवालाई स्वचालित प्रणालीमा लैजानुपर्ने बताएका छन्।

कर्मचारीको सरुवा स्वचालित प्रणालीमा हुनुपर्छ मन्त्री ज्वाला

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निजामती कर्मचारीको सरुवा स्वचालित प्रणालीमा हुनुपर्ने बताएका छन्। 

सोमबार एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले निजामती कर्मचारीको सरुवा स्वचालित रूपमा हुनुपर्ने बताएका हुन्।

उनले आफ्नो नजिकको मान्छेलाई पुरस्कारस्वरूप सजिलो ठाउँमा र अरूलाई दण्डित गरेजस्तो अफ्ठ्यारो ठाउँमा पठाउने प्रवृत्ति रहेको भन्दै सरुवा प्रणालीलाई स्वचालित बनाउनुपर्नेमा जोड दिए। निजामती सेवालाई पूर्वअनुमान योग्य बनाउनुपर्ने उनको भनाइ छ।

“पुरस्कृत गर्ने र दण्डित गर्ने प्रक्रियाको रूपमा सरुवा प्रणाली लागू भएको जस्तो देखिन्छ। त्यसैले यो सिस्टममा जानु, स्वचालित गर्नुपर्छ। कमसेकम पहिले नै अनुमान गर्न सकिने हुनुपर्छ। मान्छेले अनुमान गरेर ढुक्कले बसोस्,” उनले भने।

उनले संसद्को चालु अधिवेशनमा संघीय निजामती ऐन ल्याउने तयारीमा सरकार लागेको पनि बताए।

 


सम्बन्धित सामग्री