Tuesday, June 04, 2024

-->

क्यानले गठन गर्‍यो ५ समिति, कार्यकाल २ वर्ष

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार प्रतियोगिता, विकास, अनुशासन, प्राविधिक र महिला क्रिकेट विकास समिति गठन गरेको छ।

क्यानले गठन गर्‍यो ५ समिति कार्यकाल २ वर्ष

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न पाँच वटा समितिहरू गठन गरेको छ।

क्यानले बुधबार प्रतियोगिता, विकास, अनुशासन, प्राविधिक र महिला क्रिकेट विकास समिति गठन गरेको हो। 

प्रतियोगिता समितिको संयोजकमा दिवाकर घले तथा सदस्यमा अर्जुन पौडेल, सुदिप शर्मा, श्रीधर केसी, मो. दाउद अन्सारी र देवेन्द्र प्रजु छन्। विकास समितिमा धिरेन्द्र सावद संयोजक र करन महत्रा क्षेत्री, ऋषिराम गौतम, मनिष सिंह र अल्विन बस्नेत सदस्य छन् ।

यसैगरी, अनुशासन समिति संयोजक सुदीप शर्मा हुँदा सदस्यमा रोचक रेग्मी र सुनिल कार्की छन्। प्राविधिक समितिको संयोजकमा विक्रम विष्ट तथा आयुष श्रेष्ठ, संजयकान्त सिग्देल, विनयकुमार झा र महेश रिजाल सदस्य छन्।

यस्तै, महिला क्रिकेट विकास समिति प्रदीप मजगैंया संयोजक र जयन्तीदेवी भट्ट सदस्य छन्। सबै समितिका संयोजक र सदस्यको कार्यकाल २ वर्षको हुने क्यानले जनाएको छ।


सम्बन्धित सामग्री