Friday, May 03, 2024

-->

बागमती, गण्डकी र लुम्बिनीमा चट्याङसहित भारी वर्षाको सम्भावना

हाल कोशी, बागमती र मधेशका पश्चिमी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

बागमती गण्डकी र लुम्बिनीमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, बागमती र मधेशका पश्चिमी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। झापाको केचना र आसपासका क्षेत्रमा गएराति १ बजेयता अति भारी वर्षा भएको छ।

सो क्षेत्र भई बहने स–साना खोलामा बाढीको जोखिम र होचा तटीय भूभागमा डुबानको जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

दिउँसो देशभर आंशिकदेखी सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। यस्तै, राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्का वर्षा हुनेछ।

कोशी, मधेश, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाको अनुमान छ। 


सम्बन्धित सामग्री