Thursday, May 02, 2024

-->

कस्तो छ शनिबारको मौसम?

कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

कस्तो छ शनिबारको मौसम

काठमाडौँ– नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र मधेशका पश्चिमी भूभागमा र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

राति देशभर आंशिकदेखी सामान्य बदली  रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ।


सम्बन्धित सामग्री