Monday, April 29, 2024

-->

फाँसीको प्रावधान हटाउन सिंगापुर र कुवेतलाई राष्ट्रसंघको आग्रह

कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न पाँच जनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो।

फाँसीको प्रावधान हटाउन सिंगापुर र कुवेतलाई राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघले सिंगापुर र कुवेतमा हालै गरिएको मृत्युदण्डको निन्दा गर्दै मृत्युदण्डको प्रावधानमा रोक लगाउन ती राष्ट्रलाई आह्वान गरेको छ।

राष्ट्रसंघीय मानव अधिकार कार्यालयका प्रवक्ता सेइफ मगान्गोले कुवेत र सिंगापुरमा यस साता दिइएका मृत्युदण्डको निन्दा गरेका छन्।

“हामी कुनै पनि अवस्थामा हुने मृत्युदण्डको विरोध गर्छौं,” मगान्गोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कुवेत र सिंगापुरलाई तत्काल मृत्युदण्डमा रोक लगाउन र मृत्युदण्डमा रोक लगाउने १७० भन्दा बढी राज्यमा सामेल हुन आग्रह गर्छौ‌ं।”

सिंगापुरमा शुक्रबार मात्रै लागुऔषध ओसारपसार आरोपमा ४५ वर्षीय एक नागरिकलाई फाँसी दिइएको छ। यस्तै, कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका पाँच जनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो।

गतवर्ष नोभेम्बरमा सात जनालाई मृत्युदण्ड दिइएयता साउदी अरबको छिमेकी खाडी मुलुक कुवेतमा बिहीबार दिइएको मृत्युदण्ड पहिलो हो।

साउदी अरबको तुलनामा कुवेतमा मृत्युदण्डको सजाय दुर्लभ मानिन्छ।  


सम्बन्धित सामग्री