Tuesday, May 07, 2024

-->

चन्द्रागिरिमा भ्यान दुर्घटना हुँदा चालकसहित दुईको मृत्यु

काठमाडौँबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ‘ओभर स्पिड’ भई सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ।

चन्द्रागिरिमा भ्यान दुर्घटना हुँदा चालकसहित दुईको मृत्यु

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाटनजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। शुक्रबार बिहान बा १० च ३५४६ नम्बरको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो।

मृत्यु हुनेमा सिन्धुलीका २० वर्षीय चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय यात्रु अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए।

काठमाडौँबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ‘ओभर स्पिड’ भई सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाडी धकेल्नका लागि तल ओर्लिएका कारण तीन जना भने बाँच्न सफल भएका छन्।


सम्बन्धित सामग्री