Thursday, May 02, 2024

-->

बिहीबारको मौसम: यी प्रदेशमा हुनेछ भारी वर्षा

देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, मधेश, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

बिहीबारको मौसम यी प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तरपश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, मधेश, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षा हुनेछ।

कोशी र लुम्बिनीका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री