Friday, May 03, 2024

-->

कोशी, गण्डकी  र सुदूरपश्चिममा चट्याङसहित भारी वर्षा हुने

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिममा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ। 

कोशी गण्डकी  र सुदूरपश्चिममा चट्याङसहित भारी वर्षा हुने

काठमाडौँ– नेपालमा मनसुनी वायुका साथै बंगालको खाडीको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखी सामान्य बदली रहनेछ।

महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी, गण्डकी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ। यसैबीच, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, बागमती  र लुम्बिनीका पहाडी भूभागमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ।


सम्बन्धित सामग्री