Tuesday, May 07, 2024

-->

महिला विश्वकप: स्वीडेनको पुनरागमन जित

स्वीडेनका लागि फ्रिडोलिना रोल्फो र अमान्ड इलेस्टेडले गोल गरिन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८औँ मिनेटमा दक्षिण अफ्रिकाले शुरूआति अग्रता लिएको थियो।

महिला विश्वकप स्वीडेनको पुनरागमन जित

काठमाडाैँ– स्वीडेनले फिफा महिला विश्वकपमा पुनरागमन जित हासिल गरेको छ।

न्यूजिल्यान्डको वालिङटजन क्षेत्रीय रंगशालामा आइबार सम्पन्न खेलमा स्वीडेन दक्षिण अफ्रिकाविरुद्ध एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै २–१ गोलअन्तरले विजयी भएको हो। 

स्वीडेनका लागि फ्रिडोलिना रोल्फो र अमान्ड इलेस्टेडले गोल गरिन्। दक्षिण अफ्रिकाका लागि हिल्डा मगियाले एक गोल गरिन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८औँ मिनेटमा दक्षिण अफ्रिकाले शुरूआति अग्रता लिएको थियो। दक्षिण अफ्रिकाकी मगियाको गोल गरिन्।

६५औँ मिनेटमा रोल्फोले गोल गर्दै स्वीडेनलाई खेलमा फर्काइन्। ९०औँ मिनेटा इलेस्टेडले गोल गरेपछि स्वीडेन २–१ गोलअन्तरले विजयी भयो।

जितसँगै समूह ‘जी’को स्वीडेनले तीन अंक जोडेको छ। दक्षिण अफ्रिकाले हारबाट प्रतियोगिताको शुरूआत गरेको छ।


सम्बन्धित सामग्री