Tuesday, May 07, 2024

-->

इटहरीमा ४ जना सवार मोटरसाइकल जिपसँग ठोक्किँदा ३ को मृत्यु, १ गम्भीर

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा इटहरी–१६ का करण चौधरी, शम्भु चौधरी र अनिमेश चौधरीको मृत्यु भएको छ।

इटहरीमा ४ जना सवार मोटरसाइकल जिपसँग ठोक्किँदा ३ को मृत्यु १ गम्भीर

काठमाडौँ– सुनसरीको इटहरीमा मोटरसाइकल र भारतीय नम्बर प्लेटको जिप ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। एक जना गम्भीर घइते भएका छन्।

पूर्वपश्चिम राजमार्गस्थित इटहरी–१७ कान्छि चोकमा गएराति चारजना चढेको मोटरसाइकल जिपसँग ठोक्किएर दुर्घटना भएको हो। 

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा इटहरी–१६ का करण चौधरी, शम्भु चौधरी र अनिमेश चौधरी रहेका छन्।

गम्भीर घाइते सोही स्थानका प्रेमलाल चौधरीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित सामग्री