Tuesday, April 30, 2024

-->

सन् २०३० सम्ममा जीडीपी दोब्बर बनाउने यूएईको योजना

दशकको अन्त्यसम्ममा जीडीपी दोब्बरले वृद्धि गरी ८०० अर्ब अमेरिकी डलर पुर्‍याउने योजना रहेको यूएईका अर्थमन्त्रीले जनाएका छन्।

सन् २०३० सम्ममा जीडीपी दोब्बर बनाउने यूएईको योजना
तस्वीर: ब्लुमबर्ग

संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०३० सम्ममा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) दोब्बर बनाउने योजना बनाएको छ।

यस दशकको अन्त्यसम्ममा जीडीपी दोब्बरले बढाई ८०० अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको त्यहाँका अर्थमन्त्री अब्दुल्ला बिन तौक अल मारीले बताएका छन्।

“हामीले सन् २०३० को अन्त्यसम्ममा हाम्रो अर्थतन्त्रलाई तीन ट्रिलियन दिराम (८१७ अर्ब डलर) पुर्‍याउन आवश्यक छ,” बिहीबार उनले भने, “उक्त लक्ष्य हासिल गर्न मुलुकले वार्षिक सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नुपर्ने र यसका लागि नीतिगत काम भइरहेका छन्।”

सन् २०२२ मा आर्थिक वृद्धिदर ७.९ प्रतिशतले बढेर १.६२ ट्रिलियन दिराम पुगेको छ। कच्चा तेलको उच्च मूल्य र उत्पादनका कारण यो वृद्धि भएको हो।


सम्बन्धित सामग्री