Tuesday, April 30, 2024

-->

नेपालले यूएईविरुद्ध फिल्डिङ गर्दै, दीपेन्द्र पनि ‘प्लेइङ’ ११ मा

माथिल्लो मूलपानी क्रिकेट मैदानमा यूएईका कप्तान मोहम्मद वासिमले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपाल फिल्डिङमा उत्रिने भएको हो।

नेपालले यूएईविरुद्ध फिल्डिङ गर्दै दीपेन्द्र पनि ‘प्लेइङ’ ११ मा

काठमाडौँ– नेपालले आईसीसी टी–२० आई विश्वकप एशिया छनोट फाइनलको सेमिफाइनलमा पहिले फिल्डिङ गर्ने भएको छ। 

माथिल्लो मूलपानी क्रिकेट मैदानमा यूएईका कप्तान मोहम्मद वासिमले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपाल फिल्डिङमा उत्रिने भएको हो। नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। 

नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। यद्यपि, अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भएको थियो। यूएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

यूएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो। यसैबीच, नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले यूएईविरुद्धको खेलमा एक परिवर्तन गरेका छन्। उनले सन्दीप जोरालाई बाहिर राख्दै दीपेन्द्रसिंह ऐरीलाई ‘प्लेइङ’ ११ मा राखेका छन्। 

दीपेन्द्र सिंगापुरविरुद्धको पहिलो खेलअघि ‘वामअर्प’ गर्ने क्रममा घाइते भएका थिए। उनको एंगलमा चोट लागेको थियो। चोट लागेसँगै उनले समूह चरणका दुई खेल गुमाएका थिए। 

टोलीमा अन्य खेलाडीले भने निरन्तरता पाएका छन्।


सम्बन्धित सामग्री