Tuesday, April 30, 2024

-->

इमर्जिङ कप: यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल

लगातार दुई खेलमा हार बेहोरेका कारण दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ।

इमर्जिङ कप यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ– नेपाल एसीसी इमर्जिङ टिम्स एशिया कपमा यूएई ‘ए’विरुद्ध फिल्डङमा उत्रिएको छ।

श्रीलंकाको पी सारा ओभलमा भएको टस जितेपछि यूएईका कप्तान अली नासिरले ब्याटिङको निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएका हुन्।

नेपाल र यूएईबीचको खेल १०:१५ बजे शरू भएको छ। प्रतियोगितामा दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो। लगातार दुई खेलमा हार बेहोरेका कारण दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ।

यसअघि, प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’सँग नौ विकेटले पराजित भएको थियो।

यूएई भने पहिलो खेलमा भारतसँग आठ विकेट र दोस्रो खेलमा पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो।


सम्बन्धित सामग्री