Saturday, May 11, 2024

-->

डोटीमा घर भत्किँदा महिलाको मृत्यु

दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गंगा मालासीको मृत्यु भएको हो।

डोटीमा घर भत्किँदा महिलाको मृत्यु

दिपायल– डोटीमा घर भत्किँदा महिलाको मृत्यु भएको छ।

दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गंगा मालासीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार शनिबार बिहान एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो। 

पुरिएको स्थानबाट प्रहरीले मलासीको शव निकालेको छ। अविरल वर्षाका कारण घर भत्किएको हुनसक्ने प्रहरीको अनुमान छ।


सम्बन्धित सामग्री