Sunday, April 28, 2024

-->

तराईमा हावाहुरी, कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

तराईमा हावाहुरी कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौँ– मनसुनी वायुको प्रभावले देशभर  सामान्यदेखि पूर्ण बदली रहेको छ।

लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। बाँकी स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी र मधेश प्रदेशस्थित तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ।

महाशाखाका अनुसार तराई भूभागमा राति पनि हावाहुरीको चल्ने सम्भावना छ। 


सम्बन्धित सामग्री