Sunday, April 28, 2024

-->

जंगली हात्तीले कुल्चिँदा झापामा भारतीय नागरिकको मृत्यु

झापामा ६ दिनअघि मात्र जंगली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय पुरुषलाई हात्तीले कुल्चेर मारेको थियो। यो वर्ष झापामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गइसकेको छ।

जंगली हात्तीले कुल्चिँदा झापामा भारतीय नागरिकको मृत्यु
फाइल तस्वीर

झापा- मेचीनगर नगरपालिका–१० मा सोमबार बिहान जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ।  मृत्यु हुनेमा भारतीय नागरिक ८० वर्षीया पन्नादेवी साह छिन्।

मेचीनगर-१० का वडाध्यक्ष नारायण खनालका अनुसार पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा सोमबार बिहान साहलाई हात्तीले सडकमा नै कुल्चेको थियो। उनी भारत सिलगुढीकी हुन्। एक वर्षदेखि छोरीको घरमा बस्दै आएकी थिइन्। 

झापामा ६ दिनअघि मात्र जंगली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई हात्तीले कुल्चेर मारेको थियो। डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए।


सम्बन्धित सामग्री