Tuesday, April 23, 2024

-->

झापामा १०२ मिटरब्याज पीडितले दिए उजुरी

झापाका १५ वटा पालिकामध्ये शिवसताक्षी र दमक नगरपालिकाबाट सबैभन्दा धेरै उजुरी परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

झापामा १०२ मिटरब्याज पीडितले दिए उजुरी

झापा– जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन (मिटरब्याज)बाट पीडित १०२ जनाको उजुरी परेको छ।

वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेको थियो। तीन जना विपक्षीले समेत निवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए।

निवेदन दर्ता गराउनेहरु वार्षिक ३६ प्रतिशत ब्याज तिर्ने शर्तमा जग्गा धितो पास गराउने अत्यधिक रहेका छन्। मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको, ऋण तिरेपछि पनि अझै धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर जग्गा आफ्नो नाममा पास गरेका, सापटी पैसा लगेर पैसा नभएका बैंकको चेक दिएकालगायत उजुरी छन्।

जिल्लाका १५ पालिकामध्ये शिवसताक्षी र दमक नगरपालिकाबाट बढी उजुरी परेको न्यौपानेले बताए। परेका उजुरीमाथि छानबिनसमेत शुरू भइसकेको उनको भनाइ छ।


सम्बन्धित सामग्री