Sunday, May 05, 2024

-->

पाकिस्तानमा सशस्त्र समूहद्वारा एकै परिवारका ९ जनाको हत्या

पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पाकिस्तानमा सशस्त्र समूहद्वारा एकै परिवारका ९ जनाको हत्या
सांकेतिक तस्वीर।

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा सशस्त्र समूहले एकै परिवारका नौ जनाको हत्या गरेका छन्। आक्रमणमा अन्य दुई जना घाइते भएका छन्।

बुधबार मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा केही व्यक्तिले घरमा पसेर अन्धाधुन्ध गोली चलाउँदा परिवारका सबै व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।  

पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको सुरक्षा अधिकारीलाई उद्‌धृत गर्दै एएफपीले जनाएको छ। 

घटनालगत्तै सुरक्षा अधिकारी र उद्धारकर्मी पुगेका थिए र पीडितलाई स्थानीय अस्पतालमा लगिएको थियो। मृत्यु हुनेमा चार महिला, तीन पुरुष र दुई बालबालिका रहेका छन्।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित सामग्री