Saturday, May 04, 2024

-->

विश्वकप छनोट: नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो। अमेरिकालाई ६ विकेटले हराएको थियो।

विश्वकप छनोट नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
तस्वीर: क्यान

काठमाडौँ– आइसिसी विश्वकप छनोटअन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेपछि नेपालले ब्याटिङ पहिले ब्याटिङ गर्ने भएको हो। ‘सुपर सिक्स’मा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने बाध्यता छ। 

नेपाल पराजित भएको खण्डमा भने समूह चरणबाटै बाहिरिनेछ। नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो। अमेरिकालाई ६ विकेटले हराएको थियो। 

नेपालले आजको खेलका लागि टोलीमा कुनै परिवर्तन गरेको छैन। वेस्ट इन्डिजविरुद्धको टोलीलाई नै निरन्तरता दिएको छ। 

नेपालको प्लेइङ ११:

आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।


सम्बन्धित सामग्री