Sunday, April 28, 2024

-->

ओखलढुंगाको चम्पादेवीमा पहिरोले ७ घर बगायो, एकै परिवारका ४ जनाको मृत्यु

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ।

ओखलढुंगाको चम्पादेवीमा पहिरोले ७ घर बगायो एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौँ– ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ।

गएराति अविरल वर्षापछिको पहिरोले ७ घर बगाउँदा चार जनाको मृत्यु भएको वडाध्यक्ष खड्गप्रसाद बरालले उकालोलाई जानकारी दिए।

गुरुङ समुदायको बसोबास रहेको उक्त गाउँमा पहिरोमा परी रणबहादुर गुरुङ र उनकी श्रीमती शिवमाया, छोरी कृतिका र छोरा दिनेश गुरुङको मृत्यु भएको बरालले बताए।

अरू स्थानीय भने भागेर बाँच्न सफल भएको उनको भनाइ छ।


सम्बन्धित सामग्री