Monday, May 20, 2024

-->

साफ : लेबनानसँग बंगलादेश पराजित

साफ च्याम्पियनसिपको पहिलो खेलमा लेबनानले बंगलादेशलाई २–० गोल अन्तरले पराजित गरेको छ।‍

साफ  लेबनानसँग बंगलादेश पराजित

काठमाडौँ– आमन्त्रित टोली लेबनानले साफ च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको छ। 

भारतको बैंग्लोरुस्थित कान्तिरभा रंगशालामा सम्पन्न बिहीबारको पहिलो खेलमा समूह ‘बी’मा रहेको लेबनानले बंगलादेशलाई २–० गोल अन्तरले पराजित गरेको हो। लेबनानले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

लेबनानले खेलको ७९औँ मिनेटमा शुरूआती अग्रता लिएको थियो। लेबनानका लागि कप्तान हसन मातुकले गोल गरे। उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। उनले करिब डार्विचको पासमा गोल गरेका हुन्।

इन्ज्युरी समयको छैटौँ मिनेटमा खलिल बाडेरले गोल गर्दै लेवनानको जित पक्का गरे। उनले अबिदिन फरानको पासमा गोल गरेका हुन्।

समूह ‘बी’मा लेबनानले ३ अंक जोडेको छ। यही समूहमा बिहीबार भुटान र मालदिभ्सले प्रतिस्पर्धा गर्दै छन्।


सम्बन्धित सामग्री