Friday, May 03, 2024

-->

साफ यू-१९ च्याम्पियनसिप नेपालले आयोजना गर्ने

नेपालले साफ यू-१९ च्याम्पियनसिप आयोजना गर्ने भएको छ। प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म सञ्चालन हुने छ।

साफ यू-१९ च्याम्पियनसिप नेपालले आयोजना गर्ने

काठमाडौँ– नेपालले साफ यू-१९ च्याम्पियनसिप आयोजना गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले नेपालले साफ आयोजना गर्ने जानकारी दिएका हुन्।

उनका अनुसार प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म हुने छ। यसअघि यो प्रतियोगिता साफ यू-२० को नामबाट आयोजना भएको थियो।

भारतमा भएको प्रतियोगिताको फाइनलमा घरेलु टोलीले बंगलादेशलाई पेनाल्टी सुटआउटका ५-२ गोलअन्तरले पराजित गर्दै दोस्रोपटक उपाधि जितेको थियो।

सिंगल राउन्ड रोबिनमा भएको प्रतियोगितामा नेपाल तेस्रो भएको थियो। नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो।

यस्तै, बंगलादेशलाई १-१ गोलको बराबरीमा रोकेको थियो। तर, भारतसँग भने ८-० को फराकिलो हार बेहोरेको थियो।


सम्बन्धित सामग्री