Saturday, May 04, 2024

-->

ताप्लेजुङ पहिरो: बेपत्ता ४ जनामध्ये १ को शव भेटियो

वर्षा नरोकिएका कारण खोजी तथा अन्य जोखिममा परेकाको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

ताप्लेजुङ पहिरो बेपत्ता ४ जनामध्ये १ को शव भेटियो 

काठमाडौँ– ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका चार जनामध्ये एकको शव भेटिएको छ।

गएराति सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको भेटिएको हो।

ताप्लेजुङका डीएसपी राजन लिम्बूका अनुसार बेपत्ता भएका ६३ वर्षीया भगीमाया बुडाक्षेत्री, ३३ वर्षीया सन्ध्या बुडाक्षेत्री र नौ वर्षीय प्रज्ज्वल बुडाक्षेत्रीको खोजी भइरहेको छ। उनीहरू तीनै जना एकै परिवारका सदस्य हुन्।

वर्षा नरोकिएका कारण खोजी तथा अन्य जोखिममा परेकाको उद्धारमा कठिनाइ भइरहेको लिम्बूको भनाइ छ।  


सम्बन्धित सामग्री