Wednesday, May 01, 2024

-->

भक्तपुरमा सम्पन्न पुरुष भलिबलको उपाधि गणतान्त्रिक खेलकुद महासंघलाई

पहिलो सेट २१–२५ ले गुमाएको गणतान्त्रिक त्यसपछि लगातार तीन सेटमा २५–२०, २५–१९ र २५–२२ ले विजयी भयो। आयोजक ओमश्रृजनसिल समाजलाई पाखा लगाउँदै न्युटन एकेडेमी तेस्रो बन्यो।

भक्तपुरमा सम्पन्न पुरुष भलिबलको उपाधि गणतान्त्रिक खेलकुद महासंघलाई

काठमाडौँ– भक्तपुरमा सम्पन्न पुरुष राष्ट्रिय भलिबलको उपाधि गणतान्त्रिक खेलकुद महासंघले जितेको छ।

ओखलढुंगाको लिखुलाई ३–१ को सेटमा पराजित गर्दै गणतान्त्रिकले उपाधि उचालेको हो। भक्तपुरको हर्षचोकमा सोमबार साँझ भएको फाइनलमा पहिलो सेट २१–२५ ले गुमाएको गणतान्त्रिक त्यसपछि लगातार तीन सेटमा २५–२०, २५–१९ र २५–२२ ले विजयी भएको थियो।

आयोजक ओमश्रृजनसिल समाजलाई पाखा लगाउँदै न्युटन एकेडेमी तेस्रो बन्यो। विजेता टिम गणतानित्रकले नगद ५० हजार नगद रुपैयाँसहित ट्रफि र मेडल हात पार्‍यो। उपविजेता लिखुले २५ हजार र तेस्रो बनेको न्युटन एकेडेमीले १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे।

गणतान्त्रिक महासंघका बिष्णु बस्नेतले ‘म्यान अफ दि म्याच’को उपाधी जित्न सफल भए। त्यसैगरी महासंघकै समित श्रेष्ठ वेस्ट स्पाइडर, सन्तोष रानामगर वेस्ट ब्लकर, मनोज घिमिरे वेस्ट सेटर, लिखुका सन्दीप थापा वेस्ट लिब्रो र न्युटन एकेडेमीका धिरज काजी बस्नेतले वेस्ट सर्भर बने।

शनिबार शुरू भएको प्रतियोगितामा ८ जिल्लाका १० टिमको सहभागिता रहेको आयोजक समितिका संयोजक पेसल आचार्यले जानकारी दिए।


सम्बन्धित सामग्री