भक्तपुर– मध्यपुरथिमीमा आइतबार हर्षोल्लासपूर्वक सिन्दूरजात्रा मनायो। हरेक वर्षको वैशाख २ गते मनाइने जात्रामा ३२ खटसहित रथयात्रा गर्दै नगर परिक्रमा गर्ने चलन छ। मूल देवतालाई खटमा राखेर रथयात्रा गर्दा धिमेबाजा र नाचगानसहित चिराग बाली एकअर्कामा सिन्दूर दलेर खुशी साटासाट गर्नु यो जात्राको प्राचीन संस्कृति हो। नयाँ वर्षको स्वागतसँगै मनाइने बिस्केट जात्राको अवसरमा सिन्दूरजात्रा पनि पर्छ। जात्रामा थिमीबासीले घरका झ्याल, कौसी र छतबाट सिन्दूर एवं फूल बर्साएर मूल देवता बोकेको रथलाई स्वागत गर्ने गर्छन्। हेर्नुहोस् तस्वीरहरू :
![](https://www.ukaalo.com/admin/storyimage/22b75aef.jpg)
![](https://www.ukaalo.com/admin/storyimage/81290d13.jpg)
![](https://www.ukaalo.com/admin/storyimage/87f781dd.jpg)
थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस् :