Sunday, May 12, 2024

-->

प्रतिनिधिसभा बैठक १ घण्टाका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।

प्रतिनिधिसभा बैठक १ घण्टाका लागि स्थगित

काठमाडौँ– विपक्षी दलहरूको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।

बैठकको शुरूमै एमाले प्रमुख सचेतक पदम गिरीले नागरिक प्रमाणीकरणको विरोध जनाएका थिए। रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले पनि विधेयक फिर्ता लिन माग गरेका थिए।

उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण र विधेयकका विषयमा सरकारको जवाफ मागेका थिए। सभामुख घिमिरेले सरकारले उपयुक्त समयमा जवाफ दिने भन्दै सांसदहरूलाई बस्न आग्रह गरेका थिए।

तर, सरकारले जवाफ नदिई संसद् चल्न नदिने अडान लिएपछि सभामुखले बैठक स्थगित गरेका हुन्।


सम्बन्धित सामग्री