Monday, May 06, 2024

-->

गुडिरहेको गाडीबाट खस्दा महिलाको मृत्यु

गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु हो। उनको परिचय खुल्न सकेको छैन।

गुडिरहेको गाडीबाट खस्दा महिलाको मृत्यु

भक्तपुर– गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा महिलाको मृत्यु भएको छ।

भक्तपुरको सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको गाडीमा महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए।

मृतकको उनको परिचय खुल्न नसकेको केसीले बताए। गाडीबाट खसेर घाइते भएकी उनको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु हो।

गाडी चालक काभ्रे भुम्लु गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुर पहरीलाई प्रहरीले पक्राउ गरेको छ।


सम्बन्धित सामग्री