Monday, May 13, 2024

-->

रेशम चौधरीको प्रतिक्रिया– अदालतको फैसला स्विकार्नुको विकल्प छैन

बुधबार डिल्लीबजार कारागारबाट विज्ञप्ति जारी गर्दै चौधरीले पुनरावलोकनको बाटो भने खुला नै रहेको बताएका छन्।

रेशम चौधरीको प्रतिक्रिया– अदालतको फैसला स्विकार्नुको विकल्प छैन

काठमाडौँ– टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नभएको बताएका छन्।

बुधबार डिल्लीबजार कारागारबाट विज्ञप्ति जारी गर्दै उनले फैसला स्विकार्दै पुनरावलोकनको बाटो खुला रहेको बताएका हुन्। “सर्वोच्च अदालतले गरेको फैसलामा न्यायिक नहुन सक्छ। तर स्विकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुला छ,” चौधरीले विज्ञप्तिमा लेखेका छन्, “मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ। हामी अझै न्यायको पर्खाइमा छौँ।”

टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै सामाजिक सञ्जालमा पोस्ट नगर्न पनि उनले आग्रह गरेका छन्। यस्तै उनले आफू स्वस्थ रहेको र विचलित नभएको समेत उल्लेख गरेका छन्।

केही दिनमै ‘धरातल’ नामक पुस्तक सार्वजनिक गर्ने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 


सम्बन्धित सामग्री