Tuesday, April 30, 2024

-->

नेपाली क्रिकेट टोलीले मलेसियासँग ५ टी-२० आई सिरिज खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग ५ खेलको टी-२० आई सिरिज खेल्ने भएको छ।

नेपाली क्रिकेट टोलीले मलेसियासँग ५ टी-२० आई सिरिज खेल्ने

काठमाडौँ– नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग ५ खेलको टी-२० आई सिरिज खेल्ने भएको छ।



नेपाल क्रिकेट संघ (क्यान)ले नेपालले मलेसियाको घरेलु मैदानमा नेपालले सिरिज खेल्न लागेको जानकारी दिएको हो। सिरिज मे २९ बाट शुरू हुने छ।



नेपालले गत वर्ष कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युगान्डासँग ५ खेलको सिरिज खेलेको थियो। उक्त सिरिज नेपालले ३–२ ले गुमाएको थियो।



नेपालले मलेसियासँग २९ मेमा पहिलो खेल खेल्ने छ। ३० मेमा दोस्रो र १ जुनमा तेस्रो खेल खेल्ने छ। त्यस्तै, ३ जुनमा चौथो र ४ जुनमा पाँचौँ खेल खेल्ने छ।





 



सम्बन्धित सामग्री