Saturday, May 04, 2024

-->

कोलकत्तासँग पन्जाब ५ विकेटले पराजित

कोलकत्ता ११ खेलमा १० अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ। समान अंक रहेको पन्जाब सातौँ स्थानमा छ।

कोलकत्तासँग पन्जाब ५ विकेटले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट राइडर्सले पन्जाब सुपर किंग्सलाई पराजित गरेको छ।

इडेन गार्डेनमा गएराति भएको खेलमा घरेलु टोली ५ विकेटले विकेटले विजयी भएको हो। जितका लागि पाएको १८० रनको लक्ष्य कोलकत्ताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो।

कोलकत्ताका कप्तान नितिश राणाले ५१ रनको अर्थशतकीय ईनिङ्स खेले। आन्द्रे रशेलले ४२ तथा जेशन रोयले ३८ रन बनाए। 

पन्जाबका राहुल चाहरले २ तथा हरप्रित बार र नाथन इल्सले समान १/१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो। पन्जाबका कप्तान शिखर धवनले ५७ रनको अर्धशतकीय ईनिङ्स खेले।

उनले ४७ बलमा ९ चौका र १ छक्का प्रहार गरे। शाहरुख खान २१ रनमा नटआउट रहे। 

कोलकत्ताका वरुण चक्रवतीले ३ तथा हर्षित राणाले २ विकेट लिए। 

जितपछि कोलकत्ता ११ खेलमा १० अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ। समान अंक रहेको पन्जाब सातौँ स्थानमा छ।


सम्बन्धित सामग्री