Wednesday, May 15, 2024

-->

सर्बियामा अन्धाधुन्ध गोली प्रहारबाट आठ‍को मृत्यु, १३ जना घाइते

सर्बियामा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा आठ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।

सर्बियामा अन्धाधुन्ध गोली प्रहारबाट आठ‍को मृत्यु १३ जना घाइते

सर्बियामा भएको गोली अन्धाधुन्ध गोली प्रहारमा ८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेहरू सबै २० वर्ष आसपासका रहेको बताइएको छ।

युबी नाम गरेको एक सन्दिग्धलाई क्रागुजेभ्याक शहर नजिकैबाट पक्राउ गरिएको सर्बियाका आन्तरिक मामिलामन्त्री ब्रास्तिलाभ गसिकको भनाइ छ।

उनले घटनालाई ‘आतंकवादी कार्य’ भनेका छन्। गोली प्रहारको घटनामा संलग्नलाई पक्राउ गर्न ६०० जना प्रहरी अधिकारी, ड्रोन र हेलिकप्टर खटाइएको थियो।

ती व्यक्ति बिहीबार सर्बियाका डुबोना, मालो ओरास्जे र सेप्सिनलगायत गाउँमा अन्धाधुन्ध गोली चलाएर फरार भएका थिए। सन्दिग्ध ती व्यक्ति २१ वर्षका भएको द गार्डियनले उल्लेख गरेको छ।


सम्बन्धित सामग्री