Saturday, May 11, 2024

-->

रुसद्वारा युक्रेनमा शृंखलाबद्ध आक्रमण, एकको मृत्यु, २५ घाइते

रुसको क्षेप्यास्त्र आक्रमणबाट युक्रेनमा १९ वटा अग्ला आवासीय भवन, २५ वटा नीजि घर, ६ वटा अन्य विद्यालयसहित पाँच वटा पसलमा क्षति पुगेको बताइएको छ।

रुसद्वारा युक्रेनमा शृंखलाबद्ध आक्रमण एकको मृत्यु २५ घाइते

रूसले युक्रेनमा शृंलाबद्ध क्षेप्यास्त्र आक्रमण गरिरहेको छ। रूसले खेर्सन क्षेत्रमा बिहानै गरेको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने, दिनिप्रोपेक्रोभ्स्कमा तीन बालबालिकासहित २५ जना घाइते भएको बताइएको छ। रूसी आक्रमण युक्रेनको निप्रो क्षेत्रलक्षित भएको बीबीसीले जनाएको छ।

रूसी आक्रमणले १९ वटा अग्ला आवासीय भवनहरू, २५ वटा निजी घरहरू, ६ वटा अन्य विद्यालय एवं आधारभूत विद्यालय र पाँच वटा पसलहरूमा क्षति पुगेको बताइएको छ। निप्रोपेक्रोभ्स्कस्थित युक्रेनी सैन्य प्रशासनले आक्रमणलाई निकै दुखद् भनेको छ।

साथै, रूसी क्षेप्यास्त्र आक्रमण युक्रेनको रेलसेवाका संरचना र इन्धनका डिपोलक्षित भएको ‘वि आर टुगेदर विथ रसिया’ अभियानका प्रमुख  भ्लादिमिर रोगोभलाई उद्धृत गर्दै रूसी मिडिया तासले जनाएको छ। यता, राजधानी किभको हवाई क्षेत्र प्रवेश गरेका केही क्षेप्यास्त्रहरूलाई हानेर खसालिएको किभका सैन्य प्रशासन प्रमुख सेर्हिय पोप्कोले बताए।

युक्रेनको उमान क्षेत्रमा रूसी क्षेप्यास्त्र आक्रमणबाट २३ जनाको मृत्यु भएको केही दिनपछि हालैको आक्रमण भएको हो। यसअघि शुक्रबार रूसी सेनाले युक्रेनी सेनाका आरक्षित इकाईहरूलक्षित आक्रमण गरेको बताएको थियो।


सम्बन्धित सामग्री