Monday, April 29, 2024

-->

आर्सनलमाथि म्यानचेस्टर सिटीको सानदार जित

दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानको आर्सनलमाथि ४–१ को सानदार जित दर्ता गरेको छ।

आर्सनलमाथि म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले शीर्षस्थानको आर्सनललाई पराजित गरेको छ।

दोस्रो स्थानमा रहेको सिटीले घरेलु मैदान इत्तेहाद स्टेडियममा आर्सनलमाथि ४–१ को सानदार जित दर्ता गरेको हो।

सिटीको जितमा केभिन डि ब्रुएनाले दुई तथा जोन स्टोन्स र एर्लिङ हालान्डले १/१ गोल गरे। आर्सनलका रोब होल्डिङले एक गोल फर्काए।

जितसँगै सिटीले उपाधि दाबेदारी बलियो बनाएको छ। सिटी ३१ खेलमा ७३ अंकसहित दोस्रो स्थानमा छ। आर्सनलको ७५ अंक छ।

दुई खेल बढी खेलेको आर्सनललाई यो हारसँगै उपाधि यात्रामा धक्का लागेको छ।  


सम्बन्धित सामग्री