Thursday, May 09, 2024

-->

पहिलो लेगमा रियल मड्रिड र म्यानचेस्टर सिटीको बराबरी

खेलको ३६औँ मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाए। ६७औँ मिनेटमा डे ब्रुएनाले गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो लेगमा रियल मड्रिड र म्यानचेस्टर सिटीको बराबरी

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी र रियल मड्रिडले बराबरी खेलेका छन्।

गएराति सान्टियागो बर्नाबाउमा भएको खेल १–१ को बराबरीमा सकिएको हो। घरेलु टोली रियलले भिनिसियस जुनियरको गोलमा अग्रता लिए पनि दोस्रो हाफमा सिटीले गोल फर्काएको थियो।

खेलको ३६औँ मिनेटमा एडुआर्डो कामाभिंगाले बढाएको बललाई भिनिसियसले गोलमा परिणत गरे। ६७औँ मिनेटमा सिटीले बराबरी गोल फर्काएको थियो।

कप्तान इल्काए गुन्डोगनको पासमा डे ब्रुएनाले सुन्दर गोल गरे। पेनाल्टी क्षेत्र बाहिरबाट डे ब्रुएनाले गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो।

दोस्रो लेग मे १८ मा सिटीको घरेलु मैदानमा हुनेछ। सेमिफाइनलको अर्को खेलमा बुधबार राति एसी मिलान र इन्टर मिलान भिड्दै छन्।

 


सम्बन्धित सामग्री