Saturday, April 27, 2024

-->

बारामा ११ बजेदेखि मतगणना शुरू गर्ने निर्णय

मतगणना स्थलमा प्रत्येक उम्मेदवारका २/२ जना प्रतिनिधि बस्न पाउने छन्।

बारामा ११ बजेदेखि मतगणना शुरू गर्ने निर्णय 

काठमाडौँ– बारा–२ मा बिहान ११ बजेदेखि मतगणना गर्न राजनीतिक तलहरू सहमति भएका छन्।

शिक्षा तालिम केन्द्र कलैयामा बिहान बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।

यस्तै, मतगणना स्थलमा प्रत्येक उम्मेदवारका २/२ जना प्रतिनिधि बस्न पाउने सहमति भएको छ। आइतबार साँझ हावाहुरी र वर्षा भएकाले मतगणना हुन सकेको थिएन।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा यहाँ ६८ हजार ८८७ मत खसेको थियो।


सम्बन्धित सामग्री