Tuesday, May 07, 2024

-->

बाराको निजगढ र आसपासका क्षेत्रमा भारी वर्षा, लालबकैया नदीमा बाढीको चेतावनी

लालबकैया नदी र त्यस क्षेत्र भई बहने साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय तथा होचा क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ।

बाराको निजगढ र आसपासका क्षेत्रमा भारी वर्षा लालबकैया नदीमा बाढीको चेतावनी
फाइल तस्वीर

काठमाडौँ– बाराको निजगढ र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ।

सो क्षेत्रमा पछिल्लो ३ घण्टा भारी वर्षा भएको र अझै ठूलो पानी पर्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आइतबार बिहान सूचना जारी गर्दै लालबकैया नदी र त्यस क्षेत्र भई बहने साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय तथा होचा क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ। 

त्यस्तै, इलाम, झापा, पाँचथर, संखुवासभा, मकवानपुर र पर्सा हुँदै बग्ने नदी तथा खोलामा पनि बाढी आउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

आइतबार कोशी, लुम्बिनी र सुदूरपश्चिममा मेघगर्जन चट्याङसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 


सम्बन्धित सामग्री