Thursday, May 09, 2024

-->

त्रिभुवन विमानस्थल बिहीबार राति १ बजेदेखि ७ घण्टा बन्द हुने

विमानस्थलमा अनलाइन यूपीएस जडान गर्नका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गर्न लागिएको हो।

त्रिभुवन विमानस्थल बिहीबार राति १ बजेदेखि ७ घण्टा बन्द हुने 

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार राति १ बजेदेखि बिहान ७ बजेसम्म उडान र अवतरण नहुने भएको छ।

विमानस्थलमा अनलाइन यूपीएस जडान गरिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान रोकिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। यसक्रममा विमानस्थलमा विद्युत् अवरुद्ध हुने छ।

विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने यूपीएस जडान गर्न लागिएको उनले विज्ञप्तिमार्फत जनाएका छन्।

 


सम्बन्धित सामग्री