Thursday, May 02, 2024

-->

बार्सिलोनालाई हराउँदै रियल मड्रिड कोपा डेल रेको फाइनलमा

रियल मड्रिड समग्रमा ४–१ को नतिजासहित काेपा डेल रेकाे उपाधि नजिक पुगेकाे छ।

बार्सिलोनालाई हराउँदै रियल मड्रिड कोपा डेल रेको फाइनलमा

काठमाडौँ– रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति बार्सिलोनालाई ४–० ले हराउँदै रियल उपाधि नजिक पुगेको हो। क्याम्प नोउमा भएको सेमिफाइनलको दोस्रो लेगमा करिम बेन्जिमाले ह्याट्रिक तथा भिनिसियस जुनियरले १ गोल गरे।

पहिलो लेगमा १–० ले पराजित भएको रियल समग्रमा ४–१ को नतिजासहित फाइनल पुगेको हो। पहिलो हाफको इन्जुरी समयमा भिनिसियसको गोलबाट रियलले अग्रता लिएको थियो।

बेन्जिमाले ५०औँ, ५८औँ र ८०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। रियलले उपाधिका लागि मे ६ मा ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ। 


सम्बन्धित सामग्री